आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई रु.२६ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को अवधिमा भने यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुइ महिनाकाे आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त जानकारी दिएकाे हाे ।
त्यस अवधिमा वस्तुगत आधारमा केहि वस्तुकाे निर्यात बढेकाे छ भने केहिकाे घटेकाे छ।
निर्यात बढेका बस्तु : जिंक सिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस
निर्यात घटेका वस्तु : पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, आयुर्वेदिक औषधी
भैरहवा सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।
नेपालपत्र संवाददाता