शनिबार, कार्तिक ८ गते २०८३

सिम्रिक बहुउदेश्यीय सहकारी संस्थाको १६ औ साधारण सभा, सदस्यलाई १८ प्रतिशत लाभांश दिने

आश्विन २७, २०८० शनिबार
सिम्रिक बहुउदेश्यीय सहकारी संस्थाको १६ औ साधारण सभा, सदस्यलाई १८ प्रतिशत लाभांश दिने


ललितपुरको चापागाउँमा रहेको  सिम्रिक  बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बार्षिक  साधारणसभा सम्पन्न भएको छ ।  २ हजार ३६६ जना सदस्य रहेको उक्त  सहकारीले  गत आर्थिक बर्षमा २२ करोडको कारोबार गरि ८१ लाख खुद मुनाफा आर्जन गरेको छ।  

गत बर्षको नाफाबाट  सदस्यलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव सभाबाट सर्बसम्मत रुपमा पारित गरेको  छ। संस्थाको संस्थागत पुँजी  १०.२९  रहेको संस्थाको नेटवर्थ २३२ रुपैया रहेको छ भने १४ प्रतिशतले कोष वृद्धि भएको प्रतिवेदन संस्थाले सार्वजानिक   गरेको छ। झन्डै ४ करोड रुपैया कोष व्यवस्थापन  गरेको सिम्रिक सहकारीमा २४. ५५ तरलता रहेको छ। संस्थाले यस बर्ष   आफ्नै भवन  समेत खरिद गरेको जानकारी सभामा गराइएको थियो।  

 संस्थाका अध्यक्ष  रमेश आचार्यको सभाध्यक्षता तथा गोदावरी नगरपालिकाका प्रमुख  गजेन्द्र महर्जनको प्रमुख अतिथ्यता रहेको उक्त साधारणसभाको संचालन संस्थाका सचिब  सुशिल आचार्यले गरेका थिए । प्रमुख अतिथि  महर्जनले समुदायमा आधारित भै संचालित सिम्रिक सहकारीले सहकारी क्षेत्रमा अनुकरणीय अभ्यास गरिरहेको बताए। विशेष अतिथि  नगरपालिका सहकारी शाखा प्रमुख  ऋषिराम अधिकारीले असल सहकारीको अभ्यास सिम्कि सहकारीले  गरिरहेको बताउँदै यस्तो विषम अवस्थामा  पनि १८ प्रतिशत लाभांश बितरण गर्न सक्नु ठुलो उपलब्धी रहेको बताए ।  

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष  प्रबिण प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सदस्यहरुको उत्साहजनक सहभागिता रहेको  कार्यक्रम अबधिभर सक्रिय  रुपमा सहभागिता जनाएका थिए । संस्थाले यसै बर्ष देखि सदस्य हित कोष खडा गरि सदस्यको समस्यामा सहयोग गर्ने गरि कार्यबिधी समेत पारित गरेको छ। यस  वर्ष एस.ई.ई.  उतीर्ण २५ जना विध्यार्थी, सफल उद्यमी सदस्य, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई नगद पुरस्कार सहित सम्मान गरिएको  थियो । कार्यक्रममा हरेक बर्ष विशेष बर्षको रुपमा मनाउने कार्ययोजना अनुसार यो बर्ष संस्थाले सिम्रिकको  चाहना ऋण सबलिकरणको कामना भन्ने नाराका साथ   ऋण असुली बर्ष  मनाउने प्रस्ताव अघि सारेको छ ।

१८ सय भन्दा बढी सदस्यको प्रत्यक्ष उपस्थिति रहेको १६ औं वार्षिक साधारणसभाले अध्यक्षको प्रतिबेदन, ,कोषाध्यक्षको प्रतिबेदन  लगायतका प्रस्ताव सर्बसम्मत रूपमा पारित गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता