शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग प्रदान

आश्विन २६, २०८० शुक्रबार
लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग प्रदान

 

विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । यसै क्रममा बैंकले नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

यसैगरी बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेन्बो चिल्ड्रन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनाश आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रन होम लगायत सुदुरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।