शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स् क्यापिटलको सत्रौं बार्षिक साधारणसभा सम्पन्न

आश्विन २२, २०८० सोमबार
सिटिजन्स् क्यापिटलको सत्रौं बार्षिक साधारणसभा सम्पन्न

 सिटिजन्स् क्यापिटल लिमिटेड साविकको सि.बि.आई.एल. क्यापिटल लिमिटेड ले सत्रौं बार्षिक साधारणसभा झम्सिखेल, ललितपुरस्थित द लअनमा सम्पन्न गरेको छ ।

संस्थाको सत्रौं साधारण सभाले आ.ब. २०७९।८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावहरुमा आ.ब २०७९।८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै,  २०८०।८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन गरेको छ । सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन,धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरी कार्यहरु गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लि।को मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा रजिष्ट्रार्ड कार्यालय रहेको संस्थाले काठमाडौं भित्र तथा बाहिर समेत सेवा प्रदान गर्दै आएको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापकको सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।