शनिबार, कार्तिक ८ गते २०८३

औद्योगिक सम्बन्ध अभिबृद्धिका लागि परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच  समझदारी

आश्विन २१, २०८० आइतबार
औद्योगिक सम्बन्ध अभिबृद्धिका लागि  परिसंघ र संयुक्त ट्रेड  युनियन समन्वय केन्द्रबीच  समझदारी


 
नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।

समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त टे«ड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेमा छन् ।  समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त टे«ड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै टे«ड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागि  रहेको थियो । समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरुको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको  बताए ।  यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त  गरे । श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको भन्नुहुँदै उहाँले मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको  बताए । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गरे ।  

केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्नुहुँदै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको  जनाए ।  यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरुसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको  बताए । परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त  गरे । नेपाल टे«ड यूनियन काँगे्रसका अधयक्ष योगेन्द्र कुमार कँवर, महासचिव अजय कुमार राई, नेपाल टे«ड यूनियन महासंघका महासचिव लक्ष्मण शर्मा, महिला नेत्री सिता लामा, अखिल नेपाल टे«ड यूनियन महासंघका उपाध्यक्ष धन बहादुर वि.क.लगायतले यो समझदारीको स्वागत गर्दै  कार्ययोजना तयार गरी द्धिपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह  गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, पदाधिकारी सदस्य गोकुल भण्डारी, परिसंघ रोजगारदाता परिषद्का सभापति धु्रव रिजाल, समन्वय केन्द्रमा आवद्द ८ राष्ट्रिय महासंघका अध्यक्ष, महिला समिति संयोजक, महासचिव, परिसंघका रोजगारदाता परिषद्का सदस्यहरुलगायत सहभागी थिए ।