शुक्रबार, कार्तिक ७ गते २०८३

लक्ष्मी महिला साकोसको २५ औं वार्षिक साधारण सभा सम्पन्न

आश्विन १८, २०८० बिहीबार
लक्ष्मी महिला साकोसको २५ औं वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । संभामा संस्थाकी अध्यक्ष महतले सहकारी मर्म, भावना, सिद्धान्त र मुल्य मान्यतालाई आत्मसात गरी नीति नियम तर्जुमा गरेर त्यसलाई  कार्यान्वय गर्दै संस्था अगाडी बढेको बताइन् ।

संस्थाले कार्यक्षेत्र भित्रका महिलाहरुलाई समेटेर आर्थिक तथा सामाजिक उत्थानका लागि काम गर्दै आएको उनले जानकारी दिइन् । सदस्यहरुमा उद्यमशीलता र सिप विकास गरी उनीहरुको आयस्तर वृद्धिमा पनि संस्थाले सहयोग गर्दै आएको उनले जानकारी दिइन् । प्रतिस्पर्धी र गुणस्तरीय सेवामार्फत सदस्यको गुणस्तरीय जीवनयापनको लागि संस्थाले टेवा पुर्याउँदै आएको महतले सभामा उल्लेख गरिन् । संस्थालाई दिगो र सबल बनाउन एकीकरणमा जाने वा एक जना सदस्यले अर्को सदस्य बनाउने नीति लिनु पर्ने आवश्यकता रहेको भन्दै उनले सदस्यता वृद्धि गर्नु अहिलको चुनौती भएको बताइन् ।

संस्थाकी सचिव शर्मिला अधिकारीले सहकारी महिलाहरुको  सारथी भएको र न्युन आय भएका महिलाहरुलाई एकीकृत गरी उनीहरुको जीवनस्तर बदल्न संस्थाले काम गर्दै आएको बताइन् । सदस्यहरुमा विभिन्न तालिमका माध्यमबाट सिप विकास गर्नुका  साथै महिलाको सशक्तिकरणमा पनि संस्थाले धेरै काम गरेको उनले सुनाइन् । संस्थाले नवदुलहि भेटघाट, सुत्केरी भता,मृत्यु राहत, विरामी राहत, जेष्ठ सदस्य सम्मान ,उत्कृष्ट बाल सदस्य सम्मान जस्ता थुप्रै गतिविधि गर्दै आएको उनले  सभामा जानकारी दिइन् ।

संस्थाकी कोषाध्यक्ष सकुन्तला श्रेष्ठले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी २ करोड ६७ लाख ९९ हजार पुगेको जानकारी दिईन् । संस्थाले २ हजार ७८२ जना सेयर सदस्यबाट १७ करोड ८८ लाख १६ हजार  बचत संकलन गरी १८ करोड १६ लाख ४५ हजार ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ४९ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले कृषि, पशुपालन, घरजग्गा, वैदेशिक रोजगार, अध्ययन ऋण, सदस्य सहुलियत, कर्मचारी सहुलियत र सामाजिक ऋण लगानी गर्दै आएको छ । 

384270295_2533781680105299_3172317219337818131_n.jpg

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता