सानिमा बैंकले फोन पे सँगको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । योजना कार्तिक मसान्त २०८० सम्म लागू हुनेछ बैंकले जनाएको छ ।
यस योजनामा पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रु २००, बिजुलीको बिर्ल ितर्दा २ प्रतिशत वा अधिकतम रु २५ र इन्टरनेटको बिर्ल ितर्दा २ प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याक पाउनेछन् ।
मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
नेपालपत्र संवाददाता