शनिबार, कार्तिक ८ गते २०८३

सानिमामाई हाइड्रोवारले १० प्रशितश लाभांश दिने 

आश्विन १६, २०८० मंगलबार
सानिमामाई हाइड्रोवारले १० प्रशितश लाभांश दिने 


सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । हिजो  बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो । 

कम्पनीले ५६ मेगावट क्षमताको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम एक अर्ब ५० करोडसम्म लगानी गर्ने जनाएको छ । उक्त लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।