शनिबार, आश्विन १७ गते २०८३

डिजिटल बैंकिङ प्रयोग गर्दा सजगता अपनाउन राष्ट्र बैंकको सुझाव


आश्विन १६, २०८० मंगलबार
डिजिटल बैंकिङ प्रयोग गर्दा सजगता अपनाउन राष्ट्र बैंकको सुझाव

 

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा पारदर्शी, विश्वासिलो भएको र यसले समयको समेत बचत गर्ने जनाउँदै सो सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएको हो । 

सन्देशमा भनिएको छ । ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्द नोटको आवश्यकता नहुने, आफैँ उपस्थित भइ लाइन बस्ने झन्झट नहुने र खातामा सिधैँ भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका सार्थ समयको बचत समेत हुने गर्दछ ।’

डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो सो सम्बन्धमा आवश्यक सावधानी अपनाउने दायित्व सम्बन्धित व्यक्तिको नै हुने भएकोले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजन लगायतका विवरण यकिन गरेर मात्र कारोबार गनुपर्ने उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # #banking
  • # #NRB
  • # #DigitalBanking
  • # #digital
  • # #epayment
  • # #wallet