शनिबार, कार्तिक ८ गते २०८३

दशैं , तिहार तथा  छठलाई  लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना 


आश्विन १४, २०८० आइतबार
दशैं , तिहार तथा  छठलाई  लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना 

 


नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलार्ई लक्षित गर्दै आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको  छ। 

असोज १४ गते  देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले  बिभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्। 

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका  सीइओ प्रविन रेग्मी ले बताएका छन्। यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।