शनिबार, कार्तिक ८ गते २०८३

मुक्तिनाथ कम्पनीले आईपीओ निष्काशनको लागि पायो अनुमति 

आश्विन १२, २०८० शुक्रबार
मुक्तिनाथ कम्पनीले आईपीओ निष्काशनको लागि पायो अनुमति 


 नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीलाई प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा कम्पनीलाईआईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले जारी पूँजी ७० करोडको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।  कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल  रहेको छ ।