गरिमा विकास बैंकले काठमाण्डौको कीर्तिपुरमा शाखा विस्तार गरेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले ऐतिहासिक धरोहर बोकेको आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको जनाएको छ ।
१६ वर्ष अघिबाट सञ्चालित गरिमा विकास बैंकले देखि ग्राहकहरुलाई नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम साथै डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।