नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्ने भएको हो।
उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् ।
असोज १४ गतेका दिन बोलकबोल हुने ऋणपत्र असोज १५ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र १४ गते अपरान्ह ३ बजेभित्र अनलाइन पोर्टल मार्फत् बोलकबोल पेश गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले बोलपत्र खरिदमा सहभागि हुन पाउनेछन् । आवेदकले घटीमा रु. पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।
नेपालपत्र संवाददाता