मंगलबार, कार्तिक ११ गते २०८३

शिवशिखर र तुल्सी बहुमुखी सहकारीका कसैसँग पनि वित्तीय कारोबार नगर्न समितिको आग्रह

आश्विन ११, २०८० बिहीबार
शिवशिखर र तुल्सी बहुमुखी सहकारीका कसैसँग पनि वित्तीय कारोबार नगर्न समितिको आग्रह

सहकारी व्यवस्थापन समितिले शिवशिखर बहुउदेश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका बचतकर्ता, ऋणी, संचालक तथा सरोकारवालाहरुलाई  उक्त संस्थासँग कुनै पनि वित्तीय कारोवार नर्गन आग्रह गरेको छ ।

समितिले आज एक सूचना प्रकाशित गरि  सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको असोज २५ गतेको निर्णयबाट  दुबै संस्था समस्याग्रस्त घोषणा भै सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य गर्न समितिलाई जिम्मा दिएको र ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत निलम्बन  भएको  हुँदा कुनै पनि वित्तीय कारोवार नर्गन समितिले आग्रह गरेको हाे ।

समितिले संचालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तीहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोवार नगर्नु नगराउनु हुन अनुरोध गरेको छ। त्यसैगरी  संचालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्नुहुन साथै साविक संचालक र कर्मचारीसंग भुक्तानी सम्वन्धि कारोवार नगर्न र बचतकर्ताहरुले बचतसंग सम्वन्धित सम्पुर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी यस समितिसमक्ष निवेदन पेश गर्न सूचनामा उल्लेख छ। समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागी समितिको कार्यालयसँग मात्र काम कारवाही  गर्न पनि सूचनामा भनिएको छ ।