ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई क्यासब्याक अफर ल्याएको छ । कार्डमार्फतको पहिलो कारोबारमा गर्दा २५ प्रतिशत क्यासब्याक दिने अफर बैंकले सार्वजनिक गरेको हो ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन् ।
यो अफर कार्तिक ३ सम्म रहेको बैंकले जनाएको छ । क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको सक्रियता र संलग्नता वृद्धि गर्न योजना ल्याएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।