ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभा सम्पन्न गरेको हो । शनिबार मुख्य कार्यालय अन्तर्गतका सदस्यहरुको उपस्थितीमा चौथो एकाइ सम्पन्न भएसँगै संस्थाले १३औं वार्षिक साधारण सम्पन्न भएको हो ।
शनिबार भएको एकाइ ४ को सधारण सभा संस्थाका अध्यक्ष नविन श्रेष्ठको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सभामा जिल्ला सहकारी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । सभामा मन्तव्य राख्दै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरीयता कायम राख्दै सदैव अग्रगतिको अपेक्षा संस्थाले गरेको बताए । ‘गत आ।व।मा तमाम चुनौतीहरूका वावजुद जे जस्ता उपलब्धिहरू भए त्यसबाट हामी आशावादि नै रहेका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘संस्थाको वित्तीय अवस्था सवल छ । संस्थाको वित्तीय सूचकाङ्कहरू आगामी दिनमा सुधार गर्न र गुणात्मक हिसाबले गति लिन सहज हुने विश्वास यहाँहरू माझ दिलाउन चाहन्छु ।’
संस्थाले आगामी दिनमा सदस्य सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी गुणस्तरीय, प्रभावकारी र सदस्यमैत्री सेवा प्रवाह गर्न सञ्चालक समिति र व्यवस्थापन सङ्गठित र सशक्त रूपमा लागिपर्ने प्रतिवद्धता जनाए । साधारण सभामा सञ्चालक समितिको आज्ञाले प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समिक्षा वर्षभरि सहकारी तथा वित्तीय क्षेत्रमा उत्पन्न प्रतिकुल अवस्थामा पनि सदस्य महानुभावहरूको यथोचित साथ सहयोग र नेतृत्व तथा व्यवस्थापनको सुझबुझपूर्ण निर्णयका कारण संस्थाको वित्तीय स्वस्थता झनै बलियो हुँदै गएको बताए । प्रतिकुल अवस्थामा सदस्यहरूमा संस्थाप्रतिको भरोसा अझ बलियो बनाएको समेत उनले बताए । आ.ब. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.ब . ०७९/८० को अन्त्य सम्ममा ८ करोड ८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेको छ । त्यस्तै ८६ करोड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ करोड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेको छ।सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ करोड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेको छ।
१ अर्ब ३४ करोड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेको सँँग २४।५० प्रतिशत तरलता रहेको छ। संस्थाले २३ करोड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेको छ भने २१ करोड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ करोड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेको छ। एकाइ ४ को सभामा मन्तव्य राख्दै प्रमुख अतिथि पौड्यालले ज्योतिपुञ्ज दिगो र वित्तीय अवस्था बलियो हुनुमा स्तरिकण र स्थिरिकण कोषमा आवद्ध हुन भएको बताए । स्तरिकण कार्यक्रमले संस्थालाई विषम परिस्थितीमा पनि स्थिर राखेको बताए । त्यस्तै विशिष्ट अतिथि सुवेदीले तल्लो तहसम्म वित्तीय परिचालन सहकारीमार्फत मात्रै सम्भव रहेको अहिलेको अवस्थाले पुष्टि गरेको बताए ।
संस्थाले गत आवको नाफाबाट सदस्यलाई १२ प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभा सम्पन्न गरेको हो । शनिबार मुख्य कार्यालय अन्तर्गतका सदस्यहरुको उपस्थितीमा चौथो एकाइ सम्पन्न भएसँगै संस्थाले १३औं वार्षिक साधारण सम्पन्न भएको हो । शनिबार भएको एकाइ ४ को सधारण सभा संस्थाका अध्यक्ष नविन श्रेष्ठको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सभामा जिल्ला सहकारी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो ।
सभामा मन्तव्य राख्दै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरीयता कायम राख्दै सदैव अग्रगतिको अपेक्षा संस्थाले गरेको बताए । ‘गत आ।व।मा तमाम चुनौतीहरूका वावजुद जे जस्ता उपलब्धिहरू भए त्यसबाट हामी आशावादि नै रहेका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘संस्थाको वित्तीय अवस्था सवल छ । संस्थाको वित्तीय सूचकाङ्कहरू आगामी दिनमा सुधार गर्न र गुणात्मक हिसाबले गति लिन सहज हुने विश्वास यहाँहरू माझ दिलाउन चाहन्छु ।’
संस्थाले आगामी दिनमा सदस्य सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी गुणस्तरीय, प्रभावकारी र सदस्यमैत्री सेवा प्रवाह गर्न सञ्चालक समिति र व्यवस्थापन सङ्गठित र सशक्त रूपमा लागिपर्ने प्रतिवद्धता जनाए । साधारण सभामा सञ्चालक समितिको आज्ञाले प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आ.व. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.व. ०७९/८० को अन्त्य सम्ममा ८ करोड ८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेको छ । त्यस्तै ८६ करोड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ करोड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेको छ।सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ करोड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेको छ। १ अर्ब ३४ करोड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेको सँँग २४।५० प्रतिशत तरलता रहेको छ। संस्थाले २३ करोड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेको छ भने २१ करोड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ करोड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेको छ।
एकाइ ४ को सभामा मन्तव्य राख्दै प्रमुख अतिथि पौड्यालले ज्योतिपुञ्ज दिगो र वित्तीय अवस्था बलियो हुनुमा स्तरिकण र स्थिरिकण कोषमा आवद्ध हुन भएको बताए । स्तरिकण कार्यक्रमले संस्थालाई विषम परिस्थितीमा पनि स्थिर राखेको बताए ।