लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले नृत्य प्रतियोगिता आयोजना गरेको छ । संस्थामा आबद्व बाल सदस्यहरुको नृत्य प्रतियोगिता बाल बिकास उप समितीका सम्योजक रेनु थापाको संयोजकत्वमा सम्पन्न भएको हो ।
नृत्य प्रतियोगिताको प्रमुख अतिथि संस्थाका अध्यक्ष मैयाँ महत तथा निर्णायक मन्डलमा उपसमिति सदस्य सुर्य कमल श्रेष्ठ, संस्थाका प्रमुख सल्लाहकार तिर्थ मया प्रधान एब उद्घोषक उपसमिति सदस्य गायत्री थापामगर रहेका थिए ।कार्यक्रममा ६२ जना सदस्य, संचालक समिती विभिन्न उपसमितिहरु एंव कर्मचारीहरुको उपस्थित रहेको थियो ।
नृत्य प्रतियोगीमा १३ जना बालसदस्यहरुको सहभागी रहेको थियो । सहभागी सम्पुर्णलाई प्रसशा पत्र एंव कापी बितरण गर्नुका साथै उत्कृष्ट ४ जनालाई संस्थाको २५ औ साधारण शभामा पुरस्कर बितरण गर्ने घोषणा गरिएको संस्थाले जनाएको छ ।