शनिबार, आश्विन १७ गते २०८३

“सहकारी स्वायत्त व्यवसाय भएकाले राष्ट्र बैंकको मातहत जानु उपयुक्त हुँदैन” : डा. खतिवडा


आश्विन ७, २०८० आइतबार
“सहकारी स्वायत्त व्यवसाय भएकाले राष्ट्र बैंकको मातहत जानु उपयुक्त हुँदैन” : डा. खतिवडा

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले सहकारी संस्थाहरु राष्ट्र बैंकको पछि लाग्न नहुने बताएका छन् । काठमाण्डाैमा एक कार्यक्रममा बाेल्दै उनले स्वनियमनमा बस्ने संस्थाले म तेरो स्वामित्व स्वीकार गर्छु भनेर राष्ट्र बैंकको पछि लागेमा सहकारी स्वतन्त्र व्यवसाय नरहने उनले प्रष्ट पारे। 

उनले थपे ‘सहकारीको नियमनका लागि छुट्टै निकाय गठनको कुरा चलिरहेको छ । स्वननियमनमा बस्ने संस्थाले तेरो स्वामित्वमा बस्छु भनेर आफ्नो अधिकार सुम्पने कुरा गलत हुन्छ । त्यसैले राष्ट्र बैंकको नियमकानुनको पछि लाग्नुभयो भने सहकारी सहकारी जस्तो रहँदैन ।’

सहकारी स्वायत संस्था भएकाले राष्ट्र बैंकलाई जिम्मा दिइयो भने लघुवित्तकै गति हुने उनले प्रष्ट पारे । सहकारीमा पनि स–साना बचतको सुरक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको र त्यसका लागि नयाँ प्रणालीमा जान आवश्यक रहेको खतिवडाले सुझाए ।