शनिबार, आश्विन १७ गते २०८३

ज्योति मिर्मिरे सामूहिक साकोसमा १५ हजार माथि सदस्य, असार मसान्तमा १ अर्ब १८ करोडको कूल वासलात


आश्विन ७, २०८० आइतबार
ज्योति मिर्मिरे सामूहिक साकोसमा १५ हजार माथि सदस्य, असार मसान्तमा १ अर्ब १८ करोडको कूल वासलात

 पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २४ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै सम्पन्न भएको छ । ”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०८० आषाढ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल,मण्डनदेउपुर,नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई वित्तीय कारोवार गर्दै आएको छ ।

हाल १५ हजार ३८५ शेयर सदस्य तथा १ हजार ३६४ बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब १८ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको  संस्थाको कोषाध्यक्ष  पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सभामा जानकारी दिए । संस्थाका सचिव बुद्धसिंह थापाले सचिवको प्रतिवेदन मार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन,लेखा संयोजक श्री भिमसेन के.सी.ले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उप समिति संयोजक   केशव वञ्जाराले ऋण लगानी तथा असूली प्रतिवेदन मार्फत संस्थाको गतिविधीको जानकारी  गराएका थिए ।  सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । 

बेथानचोक एकाई साधारण सभाबाट  शुरु  भएको संस्थाको २४ औ वार्षिक साधारण सभा रोशी,बल्थली,मूख्य कार्यालय,बनेपा र कुशादेवीमा स्थानीय पालिकाका प्रमुख एवं वडा अध्यक्षहरुबाट उद्घाटन भएको थियो ।  पनौती नगरपालिका प्रमुख  रामशरण भण्डारीले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीलाई उत्पादनमा र सदस्यलाई आत्म निर्भर बनाउन  केन्द्रीत हुन पर्नेमा जोड दिए । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै उनले नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे  । 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेफ्स्कूनका सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का महासचिव  जिवसराज खडका,पनौती नगरपालिकाका उप प्रमुख  गीता बञ्जारले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव  दिएका थिए ।  संस्थाले विगत  देखि नै  समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा अझै उर्जा शिल रुपमा काम गर्न आफनो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त  गरे ।

यसैगरी अतिथिको आसनबाट वोल्दै जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गरे । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा,जिल्ला बचत संघ काभ्रेका सहसचिव विकास वादे,लगायत छिमेकी संस्थाका प्रतिनिधीले  पनि संस्थाको सफलताका लागि शुभकामना व्यक्त  गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत  गोपाल दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जे एम एस  सहकारी अवार्ड २०७९ बाट जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष श्री दिलिप शर्मा, यसै गरी संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७९ बाट संस्थाका सदस्य एवं मानसिक अस्पतालका प्रमुख   डा.अनन्त अधिकारी ,उत्कृष्ट कर्मचारीमा रोशन वस्नेत लगायत  संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,बालबचतकर्ता सहित ३९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।