मंगलबार, कार्तिक ११ गते २०८३

एक्सप्रेस साकोसको पन्ध्रौै बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

आश्विन ४, २०८० बिहीबार
एक्सप्रेस साकोसको पन्ध्रौै बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

 

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौ बार्षिक साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उत्साहजनक सहभागितामा सौहार्द वातावरणमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १५ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको हो ।

यस वर्ष संस्थाको निर्वाचन वर्ष समेत रहेको हुँदा अधिवक्ता तथा निर्वाचन समितीका संयोजक कमल प्रसाद तिमल्सिनाको निर्वाचन उपसमितीले ईश्वर के.सी.को अध्यक्षतामा ९ सदस्यीय संचालक समिती र पुजन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिती समेत निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष विगत लामो समय देखि कोषाध्यक्षको भूमिकामा जिम्मेवारीमा थिए । 

निर्वतमान अध्यक्ष देवसागर लामाले नव नेतृत्वलाई शुभकामना ब्यक्त गर्दै संस्थाको उत्तोरत्तर प्रगतीको कामना गर्नुका साथै एक्सप्रेस साकोसप्रति विद्यमान परिस्थितीमा पनि सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भाव प्रति सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त  गरे । नव निर्वाचित अध्यक्ष ईश्वर के.सी.ले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँनु भयो र अव चाँडै नै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री सेवा अन्र्तगत मोबाईल र एस.एम.एस. बैंकिङ्ग सेवा पनि शुरु गर्न लागेको  जानकारी दिए । 

संस्थाले आ.व.को अन्त्यसम्म सदस्यहरुको विश्वास र कारोबारलाई स्थिरता कायम गर्न सक्षम भएको छ । संस्थाको सम्पत्ति तथा दायित्व रु.२६ करोड ४६ लाख ९५ हजार  रहेको छ । संस्थामा शेयर पूँजी १ करोड ७ ९ लाख  ६८ हजार  रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा २५.९५% तरलता ब्यबस्थापन रहेको छ । यस आ.व.मा संस्थाले खुद बचत (नाफा) रु.७५ लाख , ९ हजार  गर्न सफल भएको छ । संस्थाले जगेडा लगायत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३ करोड २५ लाख पुर्याउन  सफल भएको छ । संस्थाले आ.व. २०७९÷०८० मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई १३ लाख ९६ हजार  बराबरको कर योगदान गरेको छ । 

वर्तमान समयमा संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडियाकर्मी साथीहरुले संयमतापूर्वक आफ्ना गतिविधीहरु सकारात्मक ढंगबाट परिचालन गर्न सकेमामात्र समग्र सहकारी अभियानको सुधार भै संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तिय जिवन सरल, सहज भै बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने हुनाले संयमता र सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सुरक्षित, सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको र एक्सप्रेस साकोस प्रतिको विश्वास, सद्भाव र सदस्यहरुको सकारात्मक भूमिका प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता व्यक्त गरे ।