शनिबार, आश्विन १७ गते २०८३

पञ्चशील बहुउदेश्यीय सहकारी संस्थाले  सदस्यलाई १८ प्रतिशत लाभांश दिने 


आश्विन ४, २०८० बिहीबार
पञ्चशील बहुउदेश्यीय सहकारी संस्थाले  सदस्यलाई १८ प्रतिशत लाभांश दिने 


ललितपुरको कुमारीपाटीमा मुुख्य कार्यालय रहेको   पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक  बर्ष  २०७९/०८० नाफाबाट  सदस्यलाई १८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने  निर्णय पारित गरेको छ ।

सभाले गत असार मसान्त सम्म सदस्यता कायम रहेका सदस्यलाई शेयर लाभांश कोषमा जम्मा भएको रकम बाट १८ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण सभामा  संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०र०८१ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि। को आर्थिक वर्ष ०७९र०८० मा शेयर पूँजीतर्फ १७ करोड ३० लाख ३५ हजार ९ सय कायम हुन गएको छ ।

यस संस्थाले बचत ९निक्षेप० तर्फ १ अर्ब ८२ करोड ४ लाख २९ हजार ६ सय ७३ रुपैयाँ ९७ पैसा संकलन गरेको छ भने संस्थाको वार्षिक कूल कारोबार २ अर्ब ८५ करोड ४८ लाख ७ हजार ५ सय ८८ रुपैँया ३३ रहेको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २८ करोड ९६ लाख ७ हजार ९ सय ४० रुपैँया ३९ पैसा कायम रहेको छ ।
संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । संस्थाले गत आ.व.०७९/०८० मा आयकर र बोनस अघिको नाफा ५ करोड ६१ लाख ३१ हजार ८ सय ४० रुपैँया ९७ पैसा आर्जन गरेको छ ।

यस संस्थाले आ।व। ०७९र०८० मा जम्मा २ करोड १६ लाख ८० हजार ५ सय ६२ रुपैँया आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको देखिन्छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सीपमुलक तालिम दिने,अन्तरक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधि मार्फत डिजिटल कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्करहित एटीएमको सुविधा दिईरहेको साथै स्मार्ट बैंकिङ, क्यू आर सुविधा लगायतका विभिन्न किसिमका सदस्य केन्द्रित सुविधाहरु उपलब्ध गराउदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी  दिए । हाल वित्तिय क्षेत्रमा देखिएको आर्थिक संक्रमणकालिन अवस्थामा समेत संस्थाले आफ्ना सदस्यहरुलाई उत्कृष्ठ सेवा दिदै सदस्यहरुको जीवनस्तर उकास्नको लागि वित्तिय सेवा लगायत विविध सेवाहरु उपलब्ध गराउदै आएको जानकारी सहित संस्थाको कुल कारोवार र यसले गरेका आर्थिक गतिविधिको बारेमा कार्यकारी अधिकृतले  खतिवडाले   शेयर सदस्यहरुलाई जानकारी  दिए । आर्थिक वर्ष २०७९र०८० मा संस्थाको कुल कारोवार दुई अर्ब ८५  करोड रहेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले  सभामा जानकारी दिए ।