साउन महिनामा एक खर्ब १६ अर्व विप्रेषण आप्रवाह भएको छ। याे रकम एक महिनामा भित्रिने विप्रेषणमा उच्चतम रकम हाे । यस अघि २०७९ फागनुमा १ खर्ब ९ अर्ब रकम भित्रिएकाे थियाे ।
चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई रु.११६ अर्ब २ करोड पुगेको हो । गत वर्ष सो अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्यामा साे अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।
सो अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।
नेपालपत्र संवाददाता