मंगलबार, कार्तिक ११ गते २०८३

इमेज सहकारीको १२ औं साधारण सभा सम्पन्न, विभिन्न विधामा सदस्यलाई सम्मान 

भाद्र ३१, २०८० आइतबार
इमेज सहकारीको १२ औं साधारण सभा सम्पन्न, विभिन्न विधामा सदस्यलाई सम्मान 


ललितपुरको लगनखेलमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले गत भाद्र २७ गतेदेखि कार्यालयमा नै सदस्य उपस्थिति तथा प्रतिवेदन पुस्तिका वितरण गरी साधारण सभा सुरु गरेको थियो।

सदस्यहरुको सहजताको लागि  भाद्र २७ देखि ३० गतेसम्म उपस्थिति खुल्ला गरी हिजो शनिवार साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता र बागमती  प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि घिमिरेले उत्कृष्ट बचतकर्ता,असल ऋण, नियमित बचतकर्ता, बाल बचतकर्ता र महिला समुहलाइ सम्मान गरेका थिए ।

'संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले नीति विधि र प्रविधिलाइ आत्मसाथ गर्दै संस्थाले सदस्यहरुलाइ बचत तथा ऋणका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको बताए । केही सहकारी संस्थाले घर जग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरी सदस्यहरुको बचत समयमा फिर्ता गर्न नसक्दा सहकारी प्रति नकरात्मक सन्देश गएको उनले  बताए । इमेज भने समुदाय र सदस्यकेन्द्रीत  भएर सञ्चालन भएको र सदस्यहरुको आवश्यकता अनुसार बचत फिर्ता गर्नुका साथै ऋण लगानी गर्दै आएको उनले बताए ।

संस्थाले गत बर्षको तुलनामा ४.२२ प्रतिशतले कारोवारमा वृद्धि गर्न सकेको उनले जानकारी दिए । संस्थाले गत आर्थि वर्षको असार मसान्तसम्म १ करोड ६३ लाख ९३ हजार शेयर पुँजी, ६ करोड ६ लाख बचत संकलन गरी ९ करोड ९८ लाख ऋण लगानी गरेको छ । सभामा संथाका लेखा सुपरिवेक्षेण समितिका संयोजक नवराज दाहालले आ.व. २०७९.८० समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक र व्यवसायिकस्तर विकासमा काम गर्दै आएको सभामा बताए ।

सभामा कोषाध्यक्ष गुरु प्रसाद नेपालले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन र यस आ.ब.को लागि बजेट तथा योजना  प्रस्तुत  गरेको थिए । संस्थाले कृषि, व्यवसायिक, हायर पर्चेच, लघु, धितो र छोटो अवधिको कर्जा लगानी गर्दै आएको छ । संस्थामा १ हजार ६७८ सदस्य आवद्व रहेका छन् ।

377676036_6724006504354480_1694925674499849849_n.jpg