आइतबार, कार्तिक ९ गते २०८३

नेपालपत्र न्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

भाद्र २९, २०८० शुक्रबार
नेपालपत्र न्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

बागमती प्रदेश सहकारी संघले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मान गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मान गरेको हो । संघले यस वर्षबाट विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गर्न शुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले खड्कालाई सम्मानपत्र प्रदान गरेका हुन् । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।

खड्का विगत एक दशक देखि सहकारी क्षेत्रको बारेमा कलम चलाउँदै आएका छन् ।