सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलले सहकार्य गर्ने भएका छन् । दुवै संस्थाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।
बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपिडि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकको छ ।