मंगलबार, कार्तिक ११ गते २०८३

लक्ष्मी महिला साकोसद्धारा सदस्यसँग अन्तरक्रिया 

भाद्र २५, २०८० सोमबार
लक्ष्मी महिला साकोसद्धारा सदस्यसँग अन्तरक्रिया 


 लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  सल्ले समुहमा सदस्य बिस्तार एवं सहकारी शिक्षा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको  छ । कार्यक्रम संस्थाको शिक्षा उपसमिति सदस्य  गोमा पौडेलको सम्योजकत्वमा भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी  अधिकृत   मनोज रायमाझीले प्रशिक्षण  दिएका थिए  ।  कार्यक्रम ब्यबस्थापन संस्थाका कर्मचारी जमुना खत्रीले गरेकी थिईन् ।

संस्थाको प्रारम्भ इतिहास देखि अहिले सम्मको बित्तीय अवस्थाको बिश्लेशनका  साथै आजको दिनसम्म   संस्थाले दिएको बित्तीय सेवा र त्यस बाहेक थप सुबिधा एवं संस्थाले गर्ने सामुदायिक उत्तरदायित्व सम्बन्धि बिषयमा सहभागीहरुलाइ जानकारी दिइएको थियो ।  

सहकारी शिक्षाको क्रममा हाल बजारमा देखिएका ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा र जोखिम निम्त्याइरहेका अप्त्यारिलो र भड्किलो खालको ब्याजदरमा   आकर्शित नभै समुदायमा आधारित भएर  चलेका  संस्थामा सदस्य बनी बित्तीय कारोवार गर्न सल्लाह दिईएको थियो ।   २५ जना सदस्यहरुको उपस्थितिमा  छलफल तथा  अन्तरक्रिया  गरी कार्यक्रम समापन्न गरेको संस्थाले जनाएको छ ।