मंगलबार, कार्तिक ११ गते २०८३

कुटुम्ब साकोसद्वारा महिला स्वास्थ्य सचेतना तथा तिज विशेष कार्यक्रम

भाद्र २५, २०८० सोमबार
कुटुम्ब साकोसद्वारा महिला स्वास्थ्य सचेतना तथा तिज विशेष कार्यक्रम

हरितालिका तिज २०८० को  सन्दर्भ पारेर कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि ‘स्वास्थ्य सचेतना तथा तिज बिशेष कार्यक्रम’ सम्पन्न गरेको छ ।

लोटस पार्टी प्यालेस महादेवस्थान कोटेश्वरमा शनिबार आयोजित कार्यक्रममा अल्का अस्पतालकी स्त्रीरोग बिषेशज्ञ डा. निस्मा बज्राचार्यले  महिला प्रजनन् स्वास्थ्य पाठेघरको समस्या तथा स्तन क्यान्सर सम्बन्धमा सचेतना प्रदान गरेकी थिइन् ।

त्यसैगरी पाटन अस्पतालमा कार्यरत नर्स मिना कार्कीले महिला हरुले आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै समाजमा आफ्नो पहिचान कायम गर्न अघि बढनु पर्ने बताइन् । सहभागी महिला सदस्यहरुले आ–आफ्नो समस्याको बारेमा राखेका जिज्ञासा डा. निस्मा बज्राचार्यले सम्बोधन गरेकी थिइन्  ।

कार्यक्रममा लायन्स तथा लियो क्ल्ब अफ अल्का तथा अल्का अस्पतालले सहभागीहरुको स्वास्थ्य परिक्षण, रक्तचाप तथा मधुमेह परिक्षण तथा विविध स्थास्थ्य सचेतना सम्बन्धी गतिविधि गर्न सहयोग गरेको थियो ।

साथै महिला सदस्यहरुले यस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा कुटुम्ब साकोसले स्वास्थ्य सम्बन्धी उपयोगी सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुका साथै बचत तथा महिलाको भुमिका विषयमा प्रस्तुति राखेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाकी महिला सशक्तिकरण उपसमितिका संयोजक यशोदा पौडेलले गरेकी थिइन् भने संस्थाका अध्यक्ष सुदीप कुमार खनालले शुभकामना दिएका थिए ।

Kutumba Teej 1.jpgKutumba Teej 2.jpg