शनिबार, आश्विन १७ गते २०८३

ढुंगेल र लामालाई अन्तर्राष्ट्रिय सम्मान

भाद्र १६, २०७८ बुधबार
ढुंगेल र लामालाई अन्तर्राष्ट्रिय सम्मान

एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई पुरष्कृत गर्ने भएको छ । 

अक्कुको संचालक समितिको बैठकले ‘आउटस्ट्याण्डिङ अवार्ड फर क्रेडिट युनियन भोलन्टियर’ जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गेललाई दिने भएको छ भने बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामालाई ‘आउटस्ट्याण्डिङ अवार्ड फर क्रेडिट युनियन एक्जेक्युटिभ’ ले पुरस्कृत गर्ने भएको छ । 

ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्याएको सहयोग, महासंघको विकास अभियान प्रति प्रतिवद्ध भई अक्कुको विकास र प्रवर्धन तथा आवश्यकता बमोजिमका स्रोतहरुको परिचालन गर्न योगदान पुर्याएकोमा अवार्ड प्रदान गर्न लागेको अक्कुले जनाएको छ ।

लेखा तथा सञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा पुर्याएको योगदान, सिमान्तकृत समुदायहरुलाई आधुनिक डिजिटल प्रविधिको सेवा मार्फत वित्तीय पहुँचमा वृद्धि गरि सदस्यको जीवनस्तर उकास्न गरेको अतुलनीय क्षमतालाई मुल्याङकन गरिएको समेत अक्कुले उल्लेख गरेकाे छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाको ३ कार्यकाल अध्यक्ष रहेका ढुङ्गेल हाल सहकारी क्षेत्रमा सक्रिय रहेका छन् भने लामा लामो समय देखि बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।