युवा बचत तथा ऋण सहकारी संस्थाले तेह्र हजार तीन सय पैँसठ्ठी रुपैयाँ धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई प्रदान गरेको छ ।
संस्थाको २५ औं वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी त्यसवापत खर्च हुने रकम सेवा घरलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहयाेग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष उदयराम कायस्थले संस्थालाई २५ औँ वर्षसम्म ल्याउनका लागि साथ दिने शेयर सदस्य तथा सहयाेगी सबैलाई धन्यवाद ज्ञापन गरे।
सचिव सरोज कुमार तिमल्सेनाले २५ वर्षको अवधिमा संस्थाले भोगेका आरोहअवरोहका बारेमा चर्चा गरेका थिए । सञ्चालक समिति सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउनका लागि सदस्यमैत्री बन्नुपर्नेमा जोड दिइन् । उक्त अवसरमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
सोही अवसरमा मानव कल्याण समाज सेवा घर लाई पुनः प्रयोगयोग्य लत्ताकपडाहरू समेत वितरण गरिएको थियो ।