एन आई सी एशिया बैंकले कनेक्ट आइपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (मोबैंक) ग्राहकका लागि “फण्ड ट्रान्सफर, हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
भाद्र १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहक महानुभावलाई हप्ता सकिएपछि ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिन बैंकले जनाएको छ ।