शनिबार, आश्विन १७ गते २०८३

ऋण चुक्ता भइसकेपछि ५ दिनभित्र बैंकहरूले धितो फुकुवा प्रक्रियामा जानुपर्ने

भाद्र १९, २०८० मंगलबार
ऋण चुक्ता भइसकेपछि ५ दिनभित्र बैंकहरूले धितो फुकुवा प्रक्रियामा जानुपर्ने

 

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनामूलक सन्देश प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाले ऋण असुल भएको पाँचदिनभित्र धितो फुकुवाको प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ । ऋण प्रदान गर्दाको सर्त बमोजिम असुल उपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको पाँच दिनभित्र धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। धितो फुकुवामा बैंक तथा वित्तीय संस्थाले ढिलाइ गरे सम्बन्धित निकायको गुनासो सुन्ने अधिकारी समक्ष वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने छ । 

सन्देशमा भनिएको छ, ‘सर्तबमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपश्चात् यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिलासुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ ।’.

sandesh bittiya.jpg