शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायाे क्यास तथा चेक जम्मा गर्ने मेसिन

भाद्र १९, २०८० मंगलबार
ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायाे क्यास तथा चेक जम्मा गर्ने मेसिन

ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरूले अनुकूल समयमा बैंकमा ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएको छ । 

बैंकले काठमाण्डौ उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ । काठमाण्डौ उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाण्डौ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षाअनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए । ग्लोबल आईएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको उल्लेख गरे ।