तीज पर्वलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष अफर बजारमा ल्याएको छ।
नबिल बैंकमा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ नि:शुल्क प्रयोग गर्न पाउने बैंकले जनाएको छ ।
साथै, यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि नि:शुल्क गरिएको छ। सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, असोज १५ गते सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्ने ग्राहकले उल्लेखित सुविधा प्राप्त गर्नेछन् ।
नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।