सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमाल डेन्टल हस्पिटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट सुविधा दिन समझदारी गरेका छन् । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अब हिमाल डेन्टल हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् ।
उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइट उल्लेख गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट देशभर बैंकिङ सेवा दिइरहेको छ ।