माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैेठकले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट उक्त लाभांश प्रदान गर्ने गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरे अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।