शनिबार, आश्विन १७ गते २०८३

कान्तिपुर सेभिङ्गका पीडितले चैतसम्ममा बचत फिर्ता पाउने, कार्य योजना बनाएर विभागमा पेश गर्ने सहमति


भाद्र ११, २०८० सोमबार
कान्तिपुर सेभिङ्गका पीडितले चैतसम्ममा बचत फिर्ता पाउने, कार्य योजना बनाएर विभागमा पेश गर्ने सहमति


काठमाडौंको मिनभबनमा मुख्य कार्यालय रहेको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको ओ अपरेटिभका सदस्यहरुले आगामी चैत्र मसान्तसम्ममाबचत फिर्ता पाउने भएका छन् । सहकारी विभागमा बचतकर्ता र सञ्चालकबीच भएको छलफल अनुसार आगामी चैत्रभित्र बचत फिर्ता दिने सहमती जुटेको हो । विभागमा भएको ५ बुँदे सहमती अनुसार चैत्रमसान्तसम्म सम्पूर्ण हिसाब फरफारक गरी बचतकर्ताको बचत रकम फिर्ता गर्ने र त्यसका लागि भदौ २० गतेभित्र बचत रकम फिर्ता गर्ने समय तालिका तयार गरी विभागमा पठाउने सहमति भएको छ ।

समस्या समाधान गर्न पीडित सहितको कार्यदल बनाउने,प्रत्येक महिनाको प्रगति विवरण पीडित सहितको कार्यदल र सञ्चालक समितिको निर्णय पत्र प्राप्त भईसकेपछि प्रगति हेरी विभागले अर्को महिनाको कार्ययोजना कार्यान्वयन लागि समय उपलब्ध गराउने र कार्ययोजना प्रगति सन्तोषजनक नभएको भनी पीडित समितिका सबै सदस्यहरुले निर्णय गरी विभागमा पेश हुन आएमा जुनसुकै बखत सहकारी संस्थालाइ समस्याग्रस्त घोषणा गर्न विभागले सिफारिस गर्ने सहमतिमा उल्लेख छ ।