एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता आइतबार गरेको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९० रुपैयाँ ५० पैसाको प्रति शेयर अंकित १०० को दरले १० कित्ता शेयरको ६।६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २०।२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
नेपालपत्र संवाददाता