शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकले ल्यायो फण्ड ट्रान्सफर योजना, स्मार्ट फाेन जित्ने अवसर

भाद्र १०, २०८० आइतबार
हिमालयन बैंकले ल्यायो फण्ड ट्रान्सफर योजना, स्मार्ट फाेन जित्ने अवसर

 
हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग–एचआईएमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोक प्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

एचआईएमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९÷८० मा यस च्यानलमार्फ १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको एचएमबी एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहको बैंकले जनाएको छ ।