पारिजात बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।
संंस्थाको आफ्नै भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा संस्थाका सञ्चालक समिति लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उप-समिति, शेयर सदस्य, कर्मचारी लगायत सदस्यहरुले रक्तदान गरेको थिए । रक्तदाताहरुलाई संस्थाका निवर्तमान अध्यक्ष तथा जिल्ला सहकारी संघ भक्तपुरका लेखा सुपरिवेक्षण समिति संयोजक ध्रुव बहादुर रायमाझीले रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरेका थिए । रक्तदान जस्तो पवित्र कार्यमा सहभागी भएर रक्तदान गर्नेहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको थियाे।
गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी ११ करोड २६ लाख, जगेडा कोष ६ करोड १३ लाख ,विभिन्न कोषहरुमा १ करोड ७५ लाख र संस्थागत पुँजी ६ करोड ७७ लाख पुगेको छ । संस्थाले त्यस अबधिमा ६५ करोड ६२ लाख बचत संकलन गरी ७५ करोड ५५ लाख ऋण लगानी गरेको छ । संस्था २ हजार ६५९ जना सदस्य आवद्व रहेका छन् ।
नेपालपत्र संवाददाता