शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा, न्यूनतम १०१ रूपैयाबाट बोलकबोल हुने


भाद्र ५, २०८० मंगलबार
कुमारी बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा, न्यूनतम १०१ रूपैयाबाट बोलकबोल हुने

 

कुमारी बैंकले संस्थापक सेयर बिक्री आजदेखि विक्रीमा राखेको छ । । बैंकले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

बैंकले न्यूनतम एक सय एक रुपैया निर्धारण गरी संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे हाे । लगानीकर्ताले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म शेयरका लागि आवेदन दिन पाउनेछन्। आवेदकले न्यूनतम मुल्यमा वा सो मूल्यभन्दा बढी बोलकबोल गरी आवेदन दिन सक्न्नेछन्।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्ने जनाइएको छ ।