ज्योति मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल बागमती प्रदेशको उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण क्रेन्द्रीय सहकारी संघ (नेफस्कून )ले उनलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको हो ।
नेफस्कूनले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न विधामा व्यक्ति तथा संघसंस्थालाइ उत्कृष्ट घोषणा गरि साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । नेफस्कूनका निर्वतमान अध्यक्ष डि.बी. बस्नेतको संयोजकत्वमा गठन भएको समितिले विभिन्न संघ संस्था र व्यक्तिलाइ छनोट गरि उत्कृष्ट घोषणा गरेको हो । लामो समयदेखि सहकारी क्षेत्रमा काम गर्दै आएका दाहालले आफुलाइ एक कुशल व्यवस्थापकको रुपमा सहकारी अभियानमा स्थापित गरेका छन् ।
उनले नेतृत्व गरेको संस्थाले पनौती आसपासमा छुट्टै पहिचान बनाउन सफल भएको छ भने सदस्यको आर्थिक सामाजिक उन्नतिमा पनि उल्लेख भूमिका निर्वाह गर्दै आएको छ । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणको उपयुक्त माध्यम भएको बताउने दाहाल सहकारीले समाज बदल्न सक्ने कुरामा दुइ मत नभएको बताउँछन् । वित्तीय संकटको बेलामा पनि उनकै नेतृत्वमा संस्थाले कारोबार वृद्धि गर्न सफल भएको छ।
नेपालपत्र संवाददाता