शनिबार, आश्विन १७ गते २०८३

चन्द्रागिरि साकोसका सीइओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापक घोषित


श्रावण ३२, २०८० बिहीबार
चन्द्रागिरि साकोसका सीइओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापक घोषित

 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सीइओ कृष्णकुमार श्रेष्ठ मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले  सीइओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको हो । नेफ्स्कुनद्वारा आज आयोजित ३६औं स्थापना दिवस समारोहमा उनलाई उत्कृष्ट व्यवस्थापक घोषित गरिएको हो । 

सहकारी क्षेत्रमा २३ वर्षदेखि क्रियाशील श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको सीइओको रुपमा काम गरेका छन् । उनले दोलखा, काभ्रे र काठमाण्डौमा रहेका उत्कृष्ट संस्थाहरुमा सीइओको जिम्मेवारी बहन गरिसकेका छन् । 

ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् । 

नेफ्स्कुनले गत वर्ष बिन्धबासिनी साकोसका सीइओ के.बी. लामा स्याङ्तानलाई उत्कृष्ट सीइओ घोषणा गरेको थियो ।