शुक्रबार, कार्तिक ७ गते २०८३

स्थापनाको ३६ औं बर्षमा नेफस्कून, बचत ऋण  अभियानलाइ मुलुकभर स्थापित गर्दै  

श्रावण ३२, २०८० बिहीबार
स्थापनाको ३६ औं बर्षमा नेफस्कून, बचत ऋण  अभियानलाइ मुलुकभर स्थापित गर्दै  


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून ) आजबाट स्थापनाको ३६ औं बर्षमा प्रवेश गरेको छ। २०४५ साल साउन ३२ गते स्थापना भएको उक्त संघ आजबाट स्थापनाको ३६ औं बर्षमा प्रवेश गरेको हो । बचत तथा सहकारी संस्था स्थापना गरी न्युन आय भएका जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उदेश्य राखेर नेफ्स्कूनको स्थापना भएको हो ।

बचत ऋण सहकारीको माध्यमबाट जनतामा बचत गर्ने भावनाको विकास गरी उनीहरुलाई सबल बनाउने काममा नेफ्स्कूनको भूमिका उल्लेखनीय रहेको छ । नेफस्कून अभियानका कारण आज मुलुभर १४ हजार बढी बचत तथा ऋण सहकारी संस्था खुलेको छन् भने यो अभियानमा लाखौ मानिस आवद्ध भएका  छन् । नेफस्कुनकै कारण नेपालको बचत तथा ऋण सहकारी अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालको बचत तथा ऋण सहकारी अभियानलाइ सबल बनाउन नेफ्स्कून निरन्तर लागि परेको छ ।

स्तरिकरण कार्यक्रमको माध्यमबाट संस्थाहरुलाई सबल र सुरक्षित बनाउन नेफ्स्कूनले एकसेस, प्रोबेशन र कर्ब्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममा आवद्ध भएर सयौं संस्थाले वित्तीय बजारमा आफनो छविलाइ बलियो बनाउन सकेका छन् । त्यसका साथै बचत तथा सहकारीको जोखिम व्यवस्थापनका लागि सुरक्षा कवजको रुपमा नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनमा ल्याएको छ । उक्त कोषको माध्यमबाट कुनै पनि बचत ऋण सहकारीमा वित्तीय समस्या आयो भने सुरक्षा कवचको रुपमा त्यसले काम गर्नेछ र संस्थाहरुलाइ दुर्घटनामा पर्नबाट जोगाउने छ । संघमा मुलुकभर रहेको ६५ बचत तथा ऋण सहकारी संघ, ४ हजार ५ सय भन्दा बढी बचत तथा सहकारीका प्रारम्भिक संस्था आवद्ध रहेका छन् ।

संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवर्धन,विकास, व्यावसायीकरण, गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेखनीय भूमिका खेल्दै आएको छ । संघले यस पटक ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने मुल नारा अघि सारेको छ । संघले भूमि व्यवस्था,सहकारी तथा गरिबी निबारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा ३६ औं स्थापना दिवस मनाउने भएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता