शनिबार, आश्विन १७ गते २०८३

ओरालो बाटोमा सिभिल क्यापिटल, यस्तो छ कारण 

श्रावण २९, २०८० सोमबार
ओरालो बाटोमा सिभिल क्यापिटल, यस्तो छ कारण 


कुनै बेला क्यापिटल मार्केट बिजनेसमा नम्बर १ को उपधि लिएको सिभिल क्यापिटल लिमिटेड स्थापनाको १५औं वर्षमा आइपुग्दा ओरालो बाटोमा लागेको छ। दर्ता नम्बर अनुसार पहिलो क्यापिटल भएतापनि २०७३ सालमा सिभिल बैंकले उक्त कम्पनी खरिद गरे पश्चात् क्यापिटलको आम्दानी ओरालो लाग्न शुरु भएको थियो । आर्थिक वर्ष २०७५।७६ सम्म आइपुग्दा २.१६ प्रतिशत मात्र लाभांश दिन सकेको थियो । 

२०७६ मंसिर ९ गतेदेखि नयां प्रमुख कार्यकारी झनकराज ढुंगेलको नियुक्तिपश्चात कोभिडको असर परेको भएतापनि आ व २०७६।७७ मा संस्थाले ५ प्रतिशत लाभांश दिन सक्यो । आ. व.२०७७।७८ मा उक्त अघिल्लो वर्षको प्रतिफलको तीन गुणा अर्थात १५ प्रतिशत लाभांश प्रस्ताव गरिएको भएता पनि संचालक समितिले उक्त प्रस्तावित लाभांश वितरण नगरेर रिजर्भमा राख्यो। २०७९ असारमा संस्थाका सीइओ झनकराज ढुंगेलले व्यक्तिगत कारण देखाइ पदबाट राजिनामा दिएका थिए । 

त्यसपछि सिमिल क्यापिटलमा तत्कालिन सिइओ सुनिल कुमार  पोखरेलको दादागिरी शुरु भयो । बैंकको प्रतिनिधिका रुपमा क्यापिटलमा  संचालक भएर गएका त्यसबेला बैकका कम्पनी सचिव हिराकाजी बस्नेत समेतको गलत सल्लाहमा पनि सुनिल कुमार पोखरेलले अफिसर स्तरको कार्य अनुभव शून्य भएकी शोभना घिमिरेलाई का.मू. सिइओ नियुक्त गर्यो । बैंक तथा वित्तीय संस्थामा मात्र २ वर्षको अनुभव भएको र क्यापिटल मार्केटको क समेत थाहा नपाएकी   सिइयो सोभनाले कम्पनीको उन्नति भन्दा पनि कर्मचारीहरुमाथि राजीनीति गर्न लागिन् । फलस्वरुप मिहिनेती १० जना कर्मचारीले राजीनामा दिएर क्यापिटल वाट बिदा भए। परिणामस्वरूप कम्पनिको आर्थिक स्तर खराब हुँदै गयो । आ व २०७८।७९ को त्यसको असर देखियो । उक्त आ.व.मा संस्थाले खुद नाफा १७ लाख ३८ हजार आर्जन गरी प्रतिशेयर आम्दानी ०.८२ पैसा मात्र कमाउन  सकेको छ ।  

अघिल्लो आ.व.मा ३ करोड त्रिसट्ठी लाख पचपन्न हजार कमाएको संस्थाले बैकका प्रतिनिधि सञ्चालक सिभिल बैंकका सिइओ सुनिल पोखरेल सनकीपनाले  लगानीकर्ताको हात खाली रह्यो । २०७५।७६ मा कम्पनीमा कार्यरत तत्कालिन अपरेशन  प्रमुख शुसील महर्जनको सहयोगमा सिभिल सहकारी संस्थाले क्यापिटल बाट रु। ९ करोड भन्दा बढी निक्षेप लिन सफल भयो। पुरानो समेत गरी सिभिल क्यापिटलको रकम सिभिल सहकारीमा साँवामात्र  ११ करोड ६६ लाख  पुगेको छ  । उक्त रकमको व्याज समेत हिसाब गर्दा आ व २०७६।७७ को पौषमा आइपुग्दा झण्डै १४ पुगेको एक पूर्व संचालक बताउँछन् । 

डाइनामिक व्यक्तित्व भएको  तत्कालिन सिइओ ढुंगेलको पहलमा  माघ मसान्तसमा सिमिल सहकारीबार रु २ करोड़ रकम उठाउन सफल भएको ती संचालक बताउँछन् । उक्त सहकारीमा रहेको निक्षेप रकम आजका मितिसम्ममा करिब १५ करोड हाराहारीमा रहेको जानकारी प्राप्त भएको छ ।

गत आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण् प्रतिवेदनमा पनि अडिटरले सिभिल सहकारीमा क्यापिटलको रकम उठाउन बाँकी ११ करोड ७२ लाख ३२ हजार रहेको उल्लेख गरेका छन् ।  तर त्यसभन्दा अघि पनि सिभिल सहकारीमा क्यापिटलको १३ करोड रकम रहेको विशेष सुत्रको दावी छ ।हिमालय बैंक र सिभिल बैंकबीच मर्जरको सम्झौता गरी संयुक्त कारोबार समेत गरिसकेको अवस्थामा कानुनी प्रावधान अनुसार सिभिल क्यापिटल र हिमालयन क्यापिटल अनिवार्य रुपमा मर्जमा नजुनपर्छ । मर्ज हुनुपुर्व दुवै संस्थाको डिडिए गराउनु पर्छ ।

दुवै संस्थाले डिडिए गराइसकेको जानकारीमा आएको छ। एक सञ्चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई स्वाप रेशियो वापत ०.२५ प्रतिशत मात्रै अफर गरेको छ । यदि यो कुरा सत्य भयो भने नेपालको १५ वर्षे मर्जर इतिहासकै सबैभन्दा कम रेसियो सिद्ध हुनेछ । गत आ व २०७८।७९ को लेखापरीक्षकको रिपोर्टलाई आधारमा मान्ने हो भने सिभिल सहकारीमा रहेको ९ करोड रुपैया प्रोभिजनिङ गर्न नै बाँकी छ। यदि उक्त रकम २०७९।८० मा प्रोभिजन गरेको खण्डमा क्यापिटल करिब ७ करोड रुपैंयाले घाटामा जानेछ । यी सबै विवरणलाई आधार मानेर विश्लेषण गर्दा उल्फाको धन फुपुको सराद्दे भन्ने उखान सिभिल क्यापिटलमा ठ्याक्कै लागु हुन्छ ।

बैंकको स्थायी जागिरे भएर क्यापिटलमा डेपुट भएकी का.मु. सिइओ शोभना घिमिरेलाई संस्थाको उन्नति भन्दा पनि १०–५ को जागिर बजाएर तलब पकाउनु छ । बैंकहरुबीच मर्जर भएको ६ महिना बितिसक्दा पनि क्यापिटलहरुबीच मर्ज गर्न हिमालयनले उपेक्षा गरिरहनुको कारण स्वयं सीइओ घिमिरे र केहि स्वार्थप्रेरित सञ्चालक प्रमुख कारण रहेको बहालवाला एक सञ्चालकले बताए । संस्था र कर्मचारीको उन्नति भन्दापनि आफ्नो चाकरीचाप्लुसी गर्ने आफ्ना आसेपासे अयोग्य कर्मचारीको मात्र पदोन्नति गरी उसै त ओरालो लागेको संस्थालाई खाल्टोमा हाल्ने काम भएको ती सञ्चालकले जनाए ।