शनिबार, आश्विन १७ गते २०८३

बागमती प्रोस्कुनको ‘काेशिस’ स्तरिकरण कार्यक्रम, दाेश्राे ‘वी क्यान वर्कसप’ सम्पन्न


श्रावण २८, २०८० आइतबार
बागमती प्रोस्कुनको ‘काेशिस’ स्तरिकरण कार्यक्रम, दाेश्राे ‘वी क्यान वर्कसप’ सम्पन्न

बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा स्पष्ट साकोस, काठमाण्डौँको आयोजनामा कोसिस कार्यक्रम पहिलो समूहको  दोश्रो ‘वी क्यान वर्कशप’ सम्पन्न भएको छ । बागमती प्रोस्कूनले विकास गरेको स्तरीकरण कार्यक्रम कोशिशमा आवद्ध साकोसहरुको पहिलो समूहको दोश्रो “सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला” गरिएको हो । 

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को प्राबिधिक सहयोग तथा स्पष्ट बचत तथा ऋण सहकारी संस्था आयोजनामा भएको कार्यशालामा स्पष्ट साकोसका अध्यक्ष ठाकुर प्रसाद बास्कोटाको अध्यक्षता, प्रदेश सरकार वागमती प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यसैगरी बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको विशिष्ट आतिथ्यता, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्का, बागमती प्रोस्कूनका सचिव गोविन्द काफ्ले, बागमती प्रोस्कूनका सञ्चालक कृष्ण प्रसाद सुवेदी, सिन्धुपाल्चोक बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा मेनेजर्स क्लव काभ्रेका उपाध्यक्ष गोपाल दाहाल, बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

ज्योति मिर्मिरे सामुहिक साकोस, पनौती काभ्रेका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले आफ्नो संस्थाको आजको अवस्थामा ल्याउन स्तरीकरण कार्यक्रमको योगदानलाई सम्झदैँ सम्पूर्ण सहभागी संस्थाहरुलाई कटिवद्ध भई लागेर आफ्नो संस्थालाई सुरक्षित संस्थाको रुपमा उभ्याउन आग्रह गरे ।   स्तरीकरण कार्यक्रमका आवद्ध भएको कारण २०७१ सालमा रु. ५ करोड वार्षिक कारोवार गर्ने संस्था आजको  दिनमा सवा १ अर्वको कूल सम्पत्तिमा पुग्नु गर्वको विषय रहेको भाव व्यक्त गर्दै ज्योति मिर्मिरे साकोस सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नतिको लागि हरेक दु:ख सुखमा साथ रहेको अनुभव शेयर गर्दै संस्थाले स्वनियमन मार्फत आफूलाई सुदृढ बनाई हरपल सदस्यको पक्षमा रहन सकेमा मात्र संस्थाको अस्तित्व कायम रहने कुरा व्यक्तगरे । त्यसका लागि बागमती प्रोस्कूनले बिकास गरेको कोसिस कार्यक्रम सर्वोत्कृष्ट रहेको उनले जनाए । 

त्यसै गरी बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले नीति, विधि र प्रविधीमा रहेर काम गर्न सकिएन भने संस्था जुनसुकै बेला दुर्घटनामा जान सक्ने भएकाले संघले आफ्ना सदस्य संस्थाहरुलाई यस्ता जोखिमबाट बचाउन स्तरीकरण कार्यक्रमको परिकल्पना गरी प्रदेश सरकार सहकारी विभागसंग समन्वय गरी कोशिस कार्यक्रम ल्याइएको जानकारी दिए । 

we can 1.jpg

संघका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी सापकोटाले साकोसहरुले सहकारी संघसंस्था सफल हुनका लागि ‘व्यवस्थापन चुस्त, नीति, विधी र प्रविधी दुरुस्त’ हुनुपर्ने विचार राख्दै सुशासनमा विशेष ध्यान दिन आवश्यक रहेको विषयलाई जोड दिई जुनसुकैबेला नियामक निकायले जस्तोसुकै परीक्षण गरे पनि तयार रहन सक्ने गरी ढुक्क हुने स्थितिमा सदैव कायम रहन सुझाव दिए । बागमती प्रदेश सरकार  र बागमती प्रोस्कूनको साझेदारीमा सञ्चालित कोशिश कार्यक्रमले आबद्ध साकोसहरुलाई निरन्तर शिक्षा र सहकार्यबाट उच्चस्तरको गुणस्तर कायम राख्न साथ रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले महाशाखामा सेवामा प्रवेश गर्दा नै विद्यमान समस्याका सहकारी प्रतिको नकारात्मक भाव श्रृजना भएको भाव व्यक्त गर्दै संस्थाहरुको जोखिम विश्लेषण गरी आफू हिँडेको बाटो पहिल्यै पहिल्याई पहिले नै सतर्क रहन सक्नु पर्ने र त्यसका लागि स्तरीकरण कार्यक्रमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र कोशिस कार्यक्रम मन्त्रालयको समेत साझा सम्पत्ति भएकोले बचत तथा ऋण कारोबार गर्ने सबै सहकारीमा लागू गर्न सके सहकारीमा भावी दिनमा समस्या नआउने र त्यसका लागि मन्त्रालयले भूमिका निर्वाह गर्ने कुरामा विश्वास दिलाए । 

देशका कूल सहकारी मध्ये एक तिहाई संस्था रहेको बागमती प्रदेशमा महाशाखाबाट मात्र नियमन र अनुगमन हुन गाह्रो भएकाले मन्त्रालयले अव छिट्टै काठमाण्डौमै २१ जनाको दरबन्दी सहित रजिस्ट्रारको कार्यलय सञ्चालनमा ल्याउन लागेको र सो कार्यालय मार्फत निरन्तर अनुगमन गर्ने व्यवस्था प्रदेश सरकारले स्वीकृत गरि सकेको जनाए । बागमती प्रदेश सरकारले जारी गरेका निर्देशनहरू कानुन सरह भएकोले उक्त निर्देशन हरूको अक्षरस पालना गर्दै अगाडि बढ्न कोशिस आवद्ध संस्थालाई निर्देशन समेत दिए। 

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशव प्रसाद दहालले “हामी किन असफल हुन्छौं ” विषयमा अनुशिक्षण गगरेका थिए । कोशिश कार्यक्रममा आवद्ध सिन्धुपाल्चोक जिल्लाको ४, काभ्रेपलाञ्चोक जिल्लाको २, काठमाडौ जिल्लाको ४ र ललितपुर जिल्लाको १ गरी कूल ११ वटा संस्थाका व्यवस्थापकहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित रही आफ्नो आफ्नो संस्थाको अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत दाहाल र कार्यक्रम अधिकृत नवराज घोरसाइनेले पृष्ठपोषण गरेका थियो । 

we can 2.jpg