शनिबार, आश्विन १७ गते २०८३

पञ्चकन्या सहकारी स्थापनाको २५ औं बर्षमा, कारोवारलाइ अझ प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता 


श्रावण २६, २०८० शुक्रबार
पञ्चकन्या सहकारी स्थापनाको २५ औं बर्षमा, कारोवारलाइ अझ प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता 


काठमाडौको  न्यूरोडमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५औं वर्षमा प्रवेश गरेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५५ साल साउन २५ गते दर्ता भएको संस्था   २५औं वर्षमा प्रवेश गरेको हो । २०७६ वैशाख २४ गतेदेखि हालको ब्यवस्थापन समूहले संचालन गर्दै आएको संस्थाले खिचापोखरी, न्युरोडका अतिरिक्त कोटेश्वर र गोँगबु नयाँ बसपार्कमा सदस्य सेवा केन्द्रमार्फत सदस्यलाई  वित्तीय सेवा दिँदै आएको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा सदस्यप्रति आभार प्रकट गर्दै ‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै बचत तथा ऋण कारोबारसँगै, सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक, सांस्कृतिक एवं रचनात्मक कार्यहरु पनि गर्दै आएको’ जनाएको छ । संस्थाले समाजमा साँस्कृतिक र पर्यावरणीय क्षेत्रमा विविध गतिविधि संचालन गर्नुका साथै यी क्षेत्रमा काम गर्ने अन्य संघ संस्थाहरुलाई आर्थिक सहयोग र सम्मान गर्दै आएको स्मरण गराएको छ ।

संस्थाको कारोबारलाई क्लाउड बेस ब्याकअप सिस्टममा सुरक्षित राख्नुका साथै सदस्यलाई प्रविधिमैत्री सेवा दिन मोबाईल बैंकिङ संचालनमा ल्याएको छ । डिजिटल कारोवारलाई व्यवस्थित एवं गुणस्तरिय बनाउँदै सहकारी संस्थाहरु माझ उत्कृष्ट सहकारी संस्थाको पहिचान बनाउन सफल भएको  जनाएको छ । स्थापना दिवसको अवसरमा 
संस्थाका सम्पूर्ण शेयर धनी सदस्यहरु, संचालक तथा लेखा समितिका पदाधिकारीहरु, विभिन्न उप–समितिका पदाधिकारीहरु, नियमनकारी निकायहरु तथा कर्मचारी वर्गहरु, विभिन्न सहकारी संस्थाहरु शुभेच्छुक एवं शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनमा संस्थाबाट हुने कारोवारलाई प्रविधिमैत्री बनाउँदै अझ सहज, सरल एवं सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।