शनिबार, आश्विन १७ गते २०८३

एन आई सी एशियाको घर कर्जा योजना : २५ लाखदेखि १२ करोडसम्म ऋण पाइने

श्रावण २६, २०८० शुक्रबार
एन आई सी एशियाको घर कर्जा योजना : २५ लाखदेखि १२ करोडसम्म ऋण पाइने

 

एन आई सी एशिया बैंकले तीन नयाँ कर्जा स्किम सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा नामक ३ कर्जा योजना सार्वजनिक गरेको हो । 

बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्म लगानी गर्ने अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न, घर मर्मत तथा तला थप्न र जग्गा खरिद गर्न उक्त कर्जा लिन सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वाप: गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । 

त्यसैगरी बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अबधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको छ ।