सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई काठमाण्डौको गोल्फुटारस्थित निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
सय किलो सुन तस्करी प्रकरणमा उनको संलग्नताको आशंकामा गरिएको छ । सांसद शर्माले संसद्मा बोल्दै सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्नुका साथै सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजका मुख्य सञ्चालक समेत रहेका छन् ।
नेपालपत्र संवाददाता