नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न भनेको छ । नेपाल निर्माण व्यवसायी महासंघले उठाएका जायज माग यथासक्य छिटो सम्बोधन गर्न एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग परिसंघ नेपालले सरकारसमक्ष माग गरेको हो ।
उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराएको छ ।
कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेकोे निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ अनुरोध गरेको छ ।
नेपालपत्र संवाददाता