शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले बढायाे नाफा, पुग्याे ४ अर्ब ९१ कराेड 

श्रावण २१, २०८० आइतबार
राष्ट्रिय वाणिज्य बैंकले बढायाे नाफा, पुग्याे ४ अर्ब ९१ कराेड 

 

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा नाफामा १४.५६ प्रतिशत वृद्धि गरेको छ । असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।